• २०८३ बैशाख ६ गते आइतवार

भन्सार छलि ल्याउँदै गरेको सामान सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, सुर्खेत ।  प्रहरीले भन्सार छलि ल्याउँदै गरेको सामान सहित ट्रक पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-५ स्थित सडकमा क.प्र.०२-००१ ख ०३१४ नम्बरको ट्रकबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख ८८ हजार ९ सय ४४ रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा विभिन्न खुद्रा सामान सोमबार बिहान प्रहरीले बरामद गरेको हो।

उक्त सडकस्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले दाङबाट सुर्खेततर्फ आउँदै गरेको उक्त ट्रकलाई जाँच गर्नेक्रममा अवैध रुपमा ल्याउँदै गरेको उक्त सामान फेला पारी ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
बरामद सामान सहित ट्रक चालकलाई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँके पठाएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस