• २०८३ बैशाख २० गते आइतवार

थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २३९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६५७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस