असार २५,मोरङ । मोरङमा दुई महिलासहित तीन जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका १ गाईघाट टोलबाट ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका प्रहरीले जनाएको छ ।
हिजो बेलुका साढे ७ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधार प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।