असार २५, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विरामीभई अस्पताल भर्ना भएका छन् । पिसाबमा इम्फेक्सन भएपछि बिहीवार बिहान उनलाई जनकपुरधाम स्थित प्रादेसिक अस्पतालमा भर्ना गरिएको हो ।
अहिले अस्पतालबाट डिस्चार्य भइसके पनि चिकित्सकको निगरानीमा बस्न अस्पतालले सल्लाह दिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अतिशकुमार मिश्रका अनुसार पिसाब गर्दा कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।