जेष्ठ २६, काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको छ । सभापती देउवाले आज प्रेस बक्तव्य जारी गर्दै महाधिवेशनको कुरालाई लिएर विभिन्न अभिव्यक्तिहरु नेताहरुबाट सुन्दै आएको भन्दै त्यस्तो अभिव्यक्ति किमार्थ उचित नहुने बताउनुभएको हो ।
महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु भएको छ । कोरोनाको महामारी विचमा पनि पार्टीको चौधौं महाधिवेशन यही भाद्र महिना भित्र सम्पन्न हुने उहाँले बताउनु भएको छ ।
विज्ञप्ती
