• २०८३ बैशाख ८ गते मङ्गलवार

चार जना मन्त्री पुन : नियुक्त, ५ बजे सपथ ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनु भएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम शुक्रबार अपराह्न ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताउनुभयो ।

माओवादी केन्द्रकाले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस