• २०८३ बैशाख ६ गते आइतवार

संरक्षित वन्यजन्तुको आखेटोपहार सहित ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका-४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका(२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । साथै उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस