फागुन २५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच बुढानिलकण्ठमा भेटघाट भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ जानुभएको हो ।
उनीहरूबीच २० मिनेट कुराकानी भए पनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन। संसद बैठक र सरकारबारे दलहरूसँग छलफल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय थियो।