फाल्गुन २५, काठमाडौं। राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध अदालतमा मुद्दा दर्ता गराृनु भएको छ । आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेका नेता पन्त विरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नु भएकोे छ ।
पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताउनु भयो । पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नु भयो ‘उहाँले मसँग माफी माग्नु भएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्षम्य हुने खालको छैन ।’ आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्धा दर्ता गर्ने निर्णयमा पुगेको बताउनु भयो ।