उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न अनुसार रहेका छन ।
१.अर्थ समितिको बैठक बस्ने ।
स्थानस्(संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः ११ः०० बजे ।
२.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः ११ः०० बजे ।
३.उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः ११ः३० बजे ।
४.राज्य निर्देशक,सिद्धान्त,नीति र दायित्वको कार्यन्वयन,अनुगमन तथा मुल्यांकन समितिको वैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः१३ः०० बजे ।
५.दिगो विकास तथा सुशासन समितिको वैठक बस्ने ।
स्थानःसमितिको सभाकक्ष,सिंहदरबार ।
समयः१३ः०० बजे ।
६.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि,रुकुम हत्याकाण्डमा पिडितलाई न्यायका लागि र एमसीसी सम्झौताको विरोधमा नागरिक सभा कार्यक्रम गर्ने ।
स्थानःशान्तिवाटिका,रत्नपार्क ।
समयः१३ः०० बजे ।
७.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ(आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।
८।निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।
९.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थानः देशभर ।
समयः नखुलेको ।