माघ २७, काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार भएको छ । युवतीलाई छुरा प्रहार गरेका रामेछाप घर भएका एक युवकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी बृत बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए ।
छुरा प्रहारबाट किशोरी घाइते भएकी छन् । उनको त्रि वि टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । छुराप्रहार गर्ने युवकलाई नियन्त्रणमा लिईएको डिएसपी बुढाथोकीले बताए । घटनाको विषमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् । ककनी ३ लौके स्थायी घर भएकी रेस्की तामाङमाथि रामेछाप घर भएका युवकले छुरा प्रहार गरेका हुन् ।