माघ २७,एजेन्सी। विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ६६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७६ हजार ५६९ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५८ लाख ५ हजार ९५१ जनामा कोरोना संक्रमण भइसकेको छ ।