• २०८३ कार्तिक ७ गते शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५३.१० अंकले घटेर दुई हजार ४ सय ५५ दशमलब ८१ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज २ अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस बैंकको आज ११ करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस