• २०८३ बैशाख २० गते आइतवार

पदाधिकारीका उम्मेदवार टुंगो लगाउन देउवाले बोलाए बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।देउवा निकट एक नेताका अनुसार बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा पार्टीको आसन्न १४औं महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने जनाइएको छ । ‘हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर सम्भवत: बुधबार बिहान नै निर्णय हुन्छ होला,’ ती नेताले भने।

Sharing

प्रतिक्रिया दिनुहोस