कात्तिक २२, नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको बिभिन्न किसिमका पटका बरामद गरी नष्ट गरेको छ । दिपावली र छठ पर्वको अवसर परी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाका बरामद गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी ,झिलझिले लगायतका बिभिन्न किसिमका पटाका नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट बरामद गरी सोमबार स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको हो ।