• २०८३ असार ३ गते बुधवार

१० किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, सर्लाही । हरिवन नगरपालिका-२ स्थित सडकबाट १० किलो अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ । सिन्धुलीको क्यामनचुलीबाट हरिवन चिसापानीतर्फ जाँदै गरेको बा.७३ प ६०४७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्ने क्रममा बोरामा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस