कात्तिक २२, बारा । प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-१२ सितलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चांदकिशोर राम र सोही ठाउँ बस्ने ३२ वर्षीय प्रभु राम रहेका छन् । बा.२५ प १९९५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक चाँदकिशोर र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो ।