असोज २२, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६५ गरी ३२२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या ३ हजार ७०४ पुगेको छ । त्यस्तै आज देशभर ७ सय ६४ जनामा कोरोना पुष्टि भएका छन भने १ हजार ३३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।