असोज २२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले आज मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीले आज नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।