श्रावण २२, रुकुम । पश्चिमको आठविसकोट नगरपालिका वडा नँ १३ र १४ मा दुई दिन देखी लगातार अविरल वर्षा सँगै हावाहुरी चल्दा मकै वालीमा लगातार क्षती भैरहेको छ ।
मँगलवार र बुुधवार बर्षासँगै आएको हावाहुरीले वडा नम्वर १३ का लटा , हाम्पा ,गाँउवारी , डाँरी , पारापानी , पाखाभल्मा , धारा लगाएतका दर्जनौँ बस्तीहरुमा किसानहरुको धान चउँर गर्न थालेको मकै हावाहुरीले ८० प्रतिशत बढी क्षती गरेको वडा अध्यक्ष विनोद पुनले जनकारी दिनु भयो । हिजो र आज वडा अध्यक्ष , सदस्य लगाएतको टोलीहरुले वस्ती वस्तीहरुमा पुगी क्षतीको विवरण सँकलन गरिरहेको वडा सदस्य तेज बहादुर पुनले जनाकारी दिनु भयो ।
छ महिनामा पाक्ने मकै ४ महिनामानै राम्रो सँग गेडा नलाग्दै हावाले भाँची दिदा अव भाँचिएको मकै गाइभैसीलाई दिन बाहेक अरु विकल्प नभएको किसानहरुले वताएका छन । पाकेपछी हजार क्विन्टल भन्दा बढी उत्पादन हुने मकैमा क्षती पुगेपछी यता किसानहरु खाद्य सँकट पर्ने भन्दै चिन्तीत बनेका छन यस्मा स्थानिय सरकारको ध्यान जानुपर्ने ,र स्थानिय सरकारले सम्वन्धीत निकायसँग समन्वय गर्नु पर्ने किसानहरुको भनाई छ । यस्तै १४ नम्वरको ज्यामिरकोट , सवारी गुम्जा ,ओखर पाटा लगाएतका वस्तीहरुको पनी मकै हावाहुरीले नष्ट गरेको छ ।
क्षती वारे विवरण सँकलन भैरहेको १४ नम्वरका वडा अध्यक्ष हुकुम बहादुर पुनेले जानकारी दिनु भयो । उहाँका अनुसार पहिरोको उच्च जोखीममा पाँच वटा घरहरु परेका छन । उक्त घरपरिवारहरु विस्थापित भै अर्कैको घरमा बस्दै आएको अध्यक्ष पुनले वताउनु भयो । उहाँले भन्नु भयो । स्थानिय पुर्ण शाही , प्रजित मल्ल , आइते कामी , चन्द्र बहादुर विक , र डिले कामीलगाएतका घरहरु पहिरोको उच्च जोखीममा रहेका छन ।