• २०८३ असार १३ गते शनिवार

सिडिओ कार्यालय धनुषाका नासु घुसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २३ जनकपुरधाम ।  जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरी घुस रकमसहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग घुसबापतको आठ हजार रुपैयाँ लिंदै गरेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

चौधरीले नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनको लागि घुस लिएको बताइएको छ। पक्राउ परेका चौधरी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस