असार २४, काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित जेपी प्रतिष्ठानको मैत्रीसेवा आश्रमलाई नगद तथा खाद्य सामग्री बुधबार हस्तान्तरण गर्नुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण विभिन्न क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै उक्त आश्रमका जेष्ठ नागरिकहरुलाई दैनिक खानपानको लागि सहयोग पुर्याउने पवित्र उद्देश्यकासाथ नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र रानीबारीको तर्फबाट नगद २० हजार ५ सय ५१ रुपैयाँ र करिब ३१ हजार ९ सय ५० रुपैयाँ बराबरको खाद्य सामग्री गरी जम्मा ५२ हजार ५ सय १ रुपैयाँ बराबरको सहयोग संघकी अध्यक्ष थापाले हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरणका अवसरमा उक्त संघ र केन्द्रका पदाधिकारीहरुको समेत उपस्थिति रहेको आसरा सुधार केन्द्र रानीबारीले जनाएको छ ।