• २०८३ जेष्ठ ८ गते शुक्रवार

अवैध रुपमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ्गस्थित टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालिया घर भएका २४ वर्षीय रोशन जैसवाल समेत २ जनालाई पक्राउ गरेको हो ।

उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गर्ने क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान , ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस