• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौं उपत्यकामा तीन हजार ११३ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा दुई हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ सङ्क्रमित थपिएका हुन् । काठमाडौंमा हालसम्म एक लाख ४१ ह्जार ८२६, ललितपुरमा २३ हजार ७५८ र भक्तपुरमा १३ हजार ६२६ जना सङ्क्रमित भएका छन् भने काठमाडौंमा एक लाख १४ हजार ५८०, ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४ जना निको भएका छन् ।

उपत्यकाको तीन जिल्लामा हाल ३५ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा २६ हजार ४२६, ललितपुरमा पाँच हजार ७१२ र भक्तपुरमा तीन हजार ५४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

Sharing

प्रतिक्रिया दिनुहोस