• २०८३ जेष्ठ ५ गते मङ्गलवार

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, दाङ। दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति ना४ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल लमही नगरपालिकाको उचानिम्बुमा ठोक्किँदा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस