माघ २६, एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साग (स्क्रिन एक्टर्स गिल्ड, अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट) लाई बुझाएको राजीनामा स्वीकृत भएको छ । यो अमेरिकाको फिल्म, टेलिभिजन र रेडियोका कलाकारहरुको संयुक्त संस्था हो । बिहीबार उनको राजीनमा स्विकार्दै यस संस्थासँग ट्रपले फेरि सदस्यताका लागि पहल गर्न नमिल्ने निर्णय पनि सुनाएको हो ।
शनिबार जुम एपमार्फत गरिएको सम्मेलनमा यो निर्णय सुनाइएको हो । “उनले पदमा हुँदा संघको मान र अखण्डताविपरीत कार्य गरेका थिए,” विज्ञप्तिमा उल्लेख छ । ट्रम्पलाई आजीवन सदस्य हुन नपाउने गरी लिइएको निर्णय सांकेतिक भएको पनि संघका अध्यक्ष ग्रेबिएल कार्टेरिसले बताएका छन् । उनले भनेका छन्, “सहकर्मीहरुलाई दुर्व्यवहार गर्ने र हानि पुर्याउने कामलाई क्षमा दिइने छैन । एक जनालाई आक्रमण गर्नु भनेको समग्र सबैलाई आक्रमण गर्नु हो ।
यद्यपि संघको अनुशासन तोडेको आरोपमा संघले ट्रम्पलाई बर्खास्त गर्नुअगावै ‘संघले आफ्नो लागि केही नगरेको भन् A6ै’ ट्रम्पले राजीनामा दिएका हुन् । डोनाल्ड ट्रप सन् १९८९ देखि यस संस्थासँग आबद्ध थिए । यस संस्थाको सदस्यताका समयमा उनी ‘होम अलोन २’, ‘द न्यानी’ र ‘सेक्स एन्ड द सिटी’ लगायत चलचित्र र टेलिभिजन शोमा देखिएका छन् ।