• २०८३ बैशाख ८ गते मङ्गलवार

नेप्से परिसूचक हालसम्मकै उच्च

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६,काठमाडौँ। आज सेयर बजार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ ।

यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ । दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ ।

आजको कारोबार हेर्दा लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएको देखिन्छ । लघुवित्तका लगानीकर्ताहरुले धेरै कमाउदा बैंकतर्फ पनि राम्रै सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ । यो समूह ३.६५ अंकले वृद्धि भएको छ । दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ । विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।

केहि लघुवित्त कम्पनीका लगानीकर्ताहरुले कमाए पनि समग्रमा यो समूहको A4न्डेक्स ३१.४२ अंकले ओरालो लागेको छ । यसैगरी व्यापार, जलविद्युत् र निर्जिवन बिमा समूह पनि घटेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस