• २०८३ बैशाख ७ गते सोमवार

प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन् :अधिवक्ता रेग्मी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ। अधिवक्ता सिपि रेग्मीले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँने बताएका छन् । आज प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्दै उनले प्रतिनिधसभा विघटनको प्रधानमन्त्रीले गर्न पाउने बताएका हुन् ।

न्यायाधीस तेज वहादुर केसीले संविधानको ब्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो होइन भनेर गरेको प्रश्नमा उनले यस्तो जिकिर गरेका हुन् । प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् ।

हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका हुन् । विघटनको पक्षमा सरकारका तर्फबाट डेढसय बढी निजी वकिलले बहस गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस