• २०८३ असोज ९ गते शुक्रवार

कांग्रेस निर्वाचनमा जान तयार छ : उपसभापति निधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, वीरगञ्ज। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको बताएका छन । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवैलाई आत्मसात् गर्न तयार रहेको बताए ।

नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको बताउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताए ।

सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए । उनले नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको बताउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस