• २०८३ बैशाख २८ गते सोमवार

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौँ। माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा।लि।का ग्राहकहरूले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्गको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस