पौष २४, काठमाडौँ । ललितपुरको च्यासल बस्ने धन कुमारी ठकुरीको घरबाट सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पौष १३ मा धनकुमारीको कोठामा आएका अपरिचित ३ जना युवती र एक युवाले लोभ देखाएर उनीसँग भएको दुई थान सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर र १४ थान पुराना सिक्का लुटेर भागेका थिए ।
लुटपाटमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका भरत मगर, ताप्लेजुङ घर भएकी २८ वर्षीया निर्मला राई, ताप्लेजुङकी सुस्मिता डिम्डोङ र ललितपुर घर भएकी ३० वर्षीया लबिन लामा छिन् । आरोपीहरुलाई च्यासलबाट पक्राउ गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।