• २०८३ बैशाख ७ गते सोमवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं । काठमाडौं महानगरपालिका-६ मित्रनगर डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ ठेगाना भएका २५ वर्षीय दिपेन धमलालाई ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र १ थान मोबाइल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ११ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो लिसाइलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पंजाब फ्रोजपुर घर भएका २५ वर्षीय केयर सिंह र भारत पंजाब जिल्ला मौगा घर भएका २५ वर्षीय सुखजित सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खैनी राख्ने बट्टाभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस