• २०८३ जेष्ठ १ गते शुक्रवार

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २१,वाग्मती । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस