• २०८३ असार १९ गते शुक्रवार

लिबियाका विदेश मन्त्री निलम्बित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, त्रिपोली । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उहाँको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उहाँलाई निलम्बन गर्नु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।अनिश्चितकालका लागि सरकारले उहाँलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ ।

सरकारको निर्णयप्रति भने उहाँले असहमति जनाउनु भएको छ । “विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उहाँमाथी अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,” सरकारद्धारा जारी वक्तव्यमा उल्लेख छ । सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ ।

उहाँले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । उहाँलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस