• २०८३ असार ४ गते बिहिवार

बौलाखोला झोलेङ्गे पुलको उद्घाटन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२, रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङको सोलावाङ बोज्याङ बौलाखोला पुल गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । गाउँपालिकको पहलमा र १३ प्रतिशत लगानी तथा डिकोस रोल्पाको प्राविधिक सहयोगमा उक्त झोलङ्गे पुलको उद्घाटन भएको हो । प्रतिकुल मौसमका कारण केही असहज भएपनी सयौं वर्षको प्रयासले पुल बनेको स्थानीय खुशी देखिन्थे । कार्यक्रममा वडा अध्यक्ष भरत बहादुर बुढामगर,वडाका जनप्रतिनिधि,नेकपा माओवादी केन्द्रका भावाङ अध्यक्ष तेजेन्द्र बुढामगरलगाएत डिकोसका पदाधिकारी कर्मचारीको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर सिटि महरको अध्यक्षता भएको कार्यक्रममा स्थानीय आमा समुह,समाजसेवी,बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
उपभोक्ता समिती उपाध्यक्ष रनसिङ बाँठाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव राज बहादुर बुढामगर गर्नुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान वलीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस