भदौ, २२ मुगु । मुगुमा नेकपा एमालेबाट निर्वाचित २८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा मंगलवार सनाखत गरेका छन् । एमालेका सोरु गाउपालिका उपाध्यक्ष राज्यलक्ष्मि बम मल्ल , जिल्ला समन्वय समितिका सदस्य सहित २६ जना जनप्रतिनिधिले एसमा सनाखत गरेका हुन ।
जसमा छायानाथ रारा नगरपालिका बाट वडा अध्यक्ष १ , दलित महिला सदस्य २ , वडा सदस्य १ , महिला सदस्य १ , र नगर कार्यपालिका सदस्य १ जना गरि ६ जना रहेका छन् ।
यस्तै सोरु गाउपालिकामा उपाध्यक्ष १ , वडा अध्यक्ष ५ , वडा सदस्य ६ , महिला वडा सदस्य ३ , दलित महिला वडा सदस्य ४ , र गाउकार्यपालिका सदस्य २ जना गरि २१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त निर्वाचन अधिकृत धनकृष्ण बढुवालले जानकारी दिए । उनका अनुसार एक जना जिल्ला समन्वय समितिका सदस्यले पनि एसमा सनाखत गरेका छन् ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय लाई अर्को दलमा सनाखत गर्ने वा स्वतन्त्र बस्छु भनि सनाखत गर्ने जनप्रतिनिधिको नाम , जिम्मेवार लगायत अन्य विवरण सार्वजानिक नगर्न निर्देशन दिए बमोजिम जनप्रतिनिधिको नाम सार्वजानिक नगरिएको बढुवालले बताए । उनले भने मुगुमा जम्मा १ सय २५ जना एमालेका जनप्रतिनिध मध्ये २८ जना जनप्रतिनिधिले एसमा रोजेका हुन ।
उता प्रदेशसभा सदस्य क्षेत्र नम्बर ख का माननिय चन्द्र बहादुर शाही र संघियका गोपाल बमले पनि एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरि सकेका छन् ।