• २०८३ बैशाख ४ गते शुक्रवार

अवैध रुपमा ल्याएको विभिन्न कपडा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, नवलपरासी(पश्चिम) । प्रहरीले अवैध रुपमा ल्याएको विभिन्न कपडा सहित पक्राउ अटोरिक्सा सहित एक जनालाइ प्रकाउ गरेकाे छ । सुस्ता गाउँपालिका-१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा ल्याउँदै गरेको करिब ५ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कपडा सहित अटोरिक्साका चालक बर्दघाट नगरपालिका-४ बस्ने ४१ वर्षीय ईन्द्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले अटोरिक्सा जाँच गर्दा उक्त मूल्य बराबरको टिसर्ट र २१ मिटर थान कपडा फेला पारी अटोरिक्सा सहित थापालाई पक्राउ गरेको हो । उनलाई बरामद कपडा तथा अटोरिक्सा सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पश्चिममा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस