साउन २३, मुगु । शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हाल सम्म पाठ्यपुस्तक पग्न सकेका छैनन । जिल्लामा रहेका सामुदायिक तथा निजी बिद्यालय गरी १ सय ४० बटा बिद्यालयमा अध्यानरत १३ हजार २ सय भन्दा बढी बिद्यार्थिहरुको हातहातमा पाठ्य पुस्तक पग्न नसकेका हुन ।
समयमै जिल्लामा पाठ्यपुस्तक नपुग्दा आज भोलि यहाका विद्यार्थी लाई हात बाने जस्तै भएको छ । हात हातमा पाठ्यपुस्तक नपुग्दा ससाना बालबालिका धुलो माटोमा खेलेर उनीहरुको पढाई खस्किएको छ ।
विद्यालय बन्द हुनु र समयमै पुस्तक नपुग्नाले यहाका बालबालीका गाई भैसी र घरको काममा रुमालिने गरेका छन् । एक तर्फ कोरोनाको महामारीले जिल्लामा निषेधज्ञा थपेको थपै गर्दा शिक्षा क्षेत्र पनि विथोलिने गरेको छ । जिल्लामा पाठ्यपुस्तक समयमा नपाउदा बालबालिकाको पढाइ तिर ध्यान नगएको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ फुलि गाँउका लिप बहादुर खड्काले बताए ।
यता छाँयानाथ रारा नगरपालिका वडा भित्र अध्यानरत कक्षा एक देखी १० कक्षा सम्मका बालबालीकाहरुलाई पाठ्य पुस्तकको खरीदको लागी सम्बन्धित बिद्यालयका ३१ लाख ४४ हजार रुपैया बिद्यालयको खातामा पठाईसकेको र पाठ्य पुस्तक खरीदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मी भामलाई समयमा पाठ्य पुस्तक ढुवानिको लागी नगरपालिकाबाट लिखित पत्र पठाएको र मौखिक रुपमा पनि समयमै पाठ्यपुस्तक पुर्याउन ताकेता लगाएको र अवको केही समयमा जिल्लामा पाठ्य पुस्तक पुग्ने र नगरपालिका भित्रका सबै बिद्यार्थिहरुको हातहातमा पाठ्य पुस्तक पुग्ने छाँयानाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खडक बहादुर रोकायाले जानकारी दिए ।
मुगुमकामारोङ्ग गाँउपालिका र छाँयानाथ रारा नगरपालिका भित्र रहेका ६३ वटा सामुदायिक विद्यालयका पाठ्य पुस्तकको ढुवानिको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मी भामका अनुसार जनकशिक्षा सामाग्री कणाली प्रदेश कार्यालयमा पुस्तक खरीदको लागी रुपैया जम्मा गरी सकेको पुस्तक सुर्खेतमा तयारी अबस्थामा रहेका छन भामले भने कणाली राजमार्गको बिभिन्न खण्डमा बाटो भत्केको हुदा ढुवानि गर्ने समस्याले रोकीएको र अवको एक सातामा जिल्लामा पाठ्य पुस्तक पुग्र्ने भामको भनाई छ ।
खत्याड गाँउपालिकामा रहेको सामुदायिक बिद्यालयको आ.व २०७८।०७९को लागी पाठ्य पुस्तक ढुवानिको जिम्मा पाएको एवन एण्ड कलेक्सन रारा सप्लायर्सका प्रोपाईटर शान्ती रोकायाका अनुसार पुस्तक सुर्खेत बाट उठाएर ल्याउदा बिच बाटोमा सडक अवरोधका कारण रोकीएका छन अवको ३।४ दिनमा जिल्लामा पुगेर खत्याड गाँउपालिकाका अध्यानरत ६ हजार १ सय भन्दा बढी बिद्यार्थिहरुको हातहातमा पाठ्य पुस्तक पुग्र्ने आश्वसान देखाएका छन् ।