• २०८३ असार १९ गते शुक्रवार

बिलिभर्स इस्टर्न चर्च बुढानीलकण्ठद्वारा राहत वितरण

मेनुका कार्की पढ्न लाग्ने समय : २ मिनेट

असार २३, काठमाडौ । होली ट्रीनिटी विलिभर्स चर्च र स्थानिय सरकारको सहकार्यमा आज राहत वीतरण कार्यक्रम सम्पन्न गरेको छ ।बूढानीलकण्ठ नगरपालिका वडा नं.३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बुढानीलकण्ठ नगरपालिका वडा न ३ नारायणस्थानमा आज एक कार्यक्रमका वीच राहत वितरण गरेको हो ।

चर्चका फादर दिपेश सुनुवारले कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताउनु भयो । उहांले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउंदै बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको १०० घर परिवार लाई राहतवितरण गरिएको बताउनु भयो । कार्यक्रममा कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।


बूढानीलकण्ठ नगरपालिका वडा नं.३ ,नारायणस्थानमा कोभिड-१९को प्रभाव बाट लकडाउनको प्रत्यक्ष समस्या झेलिरहनु भएका गरीव-विपन्न वर्गका परिवार,मजदुरहरु,गर्भवती तथा सुत्केरी महिला दिदीबहिनीहरु १०० परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको चर्चका फादर दिपेश सुनुवार जानकारि दिएका छन्| बूढानीलकण्ठ नगरपालिका वडा नं.३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , वडा सदस्य द्वय धनुमाया डंगोल र बविता रम्तेल तथा बूढानीलकण्ठ स्वास्थ्य महाशाखाका नर्सिङ्ग ईन्चार्ज सम्झना कुँवर, बूढानीलकण्ठ अखण्ड हरिनाम संकीर्तनका अध्यक्ष ध्रुब श्रेष्ठ र बूढानीलकण्ठ सुधार समाजका अध्यक्ष जीवन थापाको लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ ले गत वर्षको लकडाउनमा तथा अन्य समयमा परेको प्राकृतिक विपत्ति मा होली ट्रीनिटी विलिभर्स चर्च बाट भएको अतुलनिय सहयोग को चर्चा गर्दै चर्चका फादर दिपेश सुनुवार र उहाँको मण्डलीलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा समेत संगसंगै समस्या समाधानमा लागि पर्न अनुरोध गर्नु भयो।

Sharing

प्रतिक्रिया दिनुहोस