• २०८३ बैशाख २७ गते आइतवार

परीक्षा केन्द्रमा सामूहिक बलात्कारका मुख्य आरोपित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् । रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घटनाका फरार आरोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ परेका हुन्।

जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले मण्डललाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ । न्यायाधीश ओझाकै इजलासले यसअघि पुस १२ गते उक्त घटनाका आरोपित सोही ठाउँका २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई सात वर्ष कैद सजायको फैसला सुनाएको थियो । दोषी ठहरिएका मुन्ना ०७६ असार १ गतेदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य आरोपितहरु रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म पक्राउ परेका छैनन् ।

कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी किशोरी रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आरोपितहरुले उनको साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस