असार २३, एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले इटाली र स्पेनबीच प्रतिस्पर्धा भईरहेको छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटाली र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।

आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यमा रहेका छन् । यस खेलको विजेताले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । यूरोपियन च्याम्पियनशीपमा समग्रमा भने दुबै टोलिले हालसम्म सात पटक एक अर्का बिरुद्ध खेलेको छ । जसमध्ये स्पनेले सन् २०१२ को फाइनलमा मात्र एक पटक इटालीलाई हराएर उपाधि जित्न सकेको छ । इटालीले भने सन् २०१६ को यूरो कपको अन्तिम १६ मा स्पेनलाई हराएको थियो ।
