जेष्ठ २४, काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । अचानक मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार राती गंगागाल अस्पताल भर्ना गरिएको उनका छोरा यमन श्रेष्ठले जानकारी दिएका हुन ।

उनका अनुसार शनिबार श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको एन्जियोप्लास्टीपछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।