जेष्ठ २४, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको भएपनि नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।