• २०८३ बैशाख ११ गते शुक्रवार

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, नवलपरासी(पूर्व) । कावासोती नगरपालिका-२ नरवजार चोक बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस