बैशाख २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसगैं नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या दुई लाख ९५ हजार ३९५ पुगेको छ ।
कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।
पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ । यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको जाएको छ ।