बैशाख २४, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको बताउनु भएको हो ।
ज्वरो आएर ग्राण्डी अस्पतालमा चेक गर्दा उहाँमा कोरोना देखिएको जनाउनु भएको छ । साथै उहाले सबैलाई सुरक्षित हुन अनुरोध समेत गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ “मलाइ19 गतेवाट ज्वरो आयकोले २३गते ग्रान्डीमा पिसिआर चेक गर्दा पोजेटिभ आएको हुँदा मसँग सम्पर्कमा हुनेले सचेत रही घरमा बसिदिन अनुरोध गर्दछु धन्यवाद ।”