• २०८३ असार १७ गते बुधवार

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री बादलको उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौं । राष्ट्रिय सभाको सदस्य पदमा गृहमन्त्री रामबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । गृहमन्त्री थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुग्नु भएको हो ।

उहाँ डीआइजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर निर्वाचन कार्यालयमा पुग्नु भएको हो । उहाँका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मदेवारी दर्ता गराउनु भएको हो ।

गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मदेवार बन्नुभएको हो भने एमाले निकटकै वुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिनुभएके हो । बादलले सूर्यचिन्हबाट र देवकोटाले हँसिया-हथौडा चिन्हबाट चुनाव लड्नु हुनेछ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

https://khabar24nepal.com/05/07/2021/70242

Sharing

प्रतिक्रिया दिनुहोस