• २०८३ बैशाख २५ गते शुक्रवार

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, मकवानपुर । राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस