• २०८३ बैशाख २८ गते सोमवार

प्रधानमन्त्री ओलीद्धारा घनश्याम र योगेशसँग भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग भेट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भुसाल र भट्टराईसँग बिहीबार राती तीन घन्टा बढी छलफल भएको हो ।

भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका थिए भने ओलीले भने त्यसमा कुनै जवाफ नदिईआफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताउनु भएकोे थियो । प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री बिष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले भुसाल र भट्टराईसँग साढे ११ बजेसम्म वार्ता गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस