• २०८३ असोज २७ गते मङ्गलवार

वीरगन्ज महानगरकी ८८ वर्षीया उपप्रमुख संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, पर्सा । वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ८८ वर्षीया शान्ति कार्की कोरोना संक्रमित भएकी छन् । १ सय ९२ जनाको स्वास्थ्य परीक्षण गराइएको नारायणी अस्पतालमा उपप्रमुख कार्कीसहित १ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका अनुसार परीक्षण गराएकामध्ये ९५ पुरुष र ५६ जना महिला संक्रमित छन् । उनीहरूको उमेर समूह ६ वर्षदेखि ८८ वर्षसम्म छ । ८८ वर्षको उमेर समूहमा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की रहेको बुझिएको छ ।

संक्रमितको सिटी भ्यालु १४ देखि ३४.९ सम्म रहेको अस्पतालले जनाएको छ । उपप्रमुख कार्कीको भने सिटी भ्यालु २८ माथि रहेको उनका स्वकीय सचिव विजय पौडेलले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस